०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

सोमबार तपाईंको रासिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०५, २०८२

मेष राशि
मनमा अलमल र चञ्चलता हुन सक्छ। आफन्त वा साथीहरूसँग सानोतिनो मनमुटाव पर्न सक्छ। धैर्य र संयम अपनाउँदा समस्या टर्छ।

वृष राशि
आज तपाईंको दिन शुभ रहन्छ। आत्मबल बढ्नेछ, रोकिएका काम बन्नेछन्। मान–सम्मान पाइने सम्भावना छ।

मिथुन राशि
विदेश, अध्ययन वा जागिरमा राम्रो सफलता मिल्न सक्छ। आत्मविश्वासले काममा गति ल्याउनेछ। मिठो बोल्न सके फाइदा हुनेछ।

कर्कट राशि
मन भावुक बन्न सक्छ। खर्च बढ्न सक्छ, तर संयम राखे फाइदामा रहन सक्नुहुन्छ। परिवारमा थोरै असहजता देखिन सक्छ।

सिंह राशि
काममा प्रशंसा पाइनेछ। प्रेम र सम्बन्धमा मिठास बढ्नेछ। आत्मबल र जोश उच्च रहनेछ। निर्णय गर्न राम्रो समय हो।

कन्या राशि
घरपरिवारको जिम्मेवारीमा मन जानेछ। केही कामले ढिला गर्न सक्छ, तर प्रयास गर्दा सफलता सम्भव छ।

तुला राशि
साझेदारी वा प्रेम सम्बन्धमा सुधार आउनेछ। आम्दानीको नयाँ बाटो खुल्न सक्छ। सौम्य व्यवहारले मान–सम्मान बढ्नेछ।

वृश्चिक राशि
आजको दिन सहकार्य र सल्लाहका लागि उपयुक्त छ। जीवनसाथीको सहयोग मिल्नेछ। काममा नियमितता आवश्यक छ।

धनु राशि
शरीरमा स्फूर्ति र काममा उत्साह देखिनेछ। घर–परिवारमा खुसी छाउनेछ। रुकेका काममा गति आउन सक्छ।

मकर राशि
मन अलिक अस्थिर हुन सक्छ। सन्तान वा विद्यार्थीहरूका लागि दिन केही चुनौतीपूर्ण हुनसक्छ। धैर्य राख्नु हितकर हुन्छ।

कुम्भ राशि
घरको वातावरण सुखद रहनेछ। पारिवारिक सहयोग र स्नेह पाइनेछ। पुराना काम पुनः सुरु गर्न अनुकूल दिन हो।

मीन राशि
अतीतका कुरा सम्झेर मन अल्झन सक्छ, तर नयाँ सोच र योजना अघि बढाउने राम्रो समय हो। आफन्तसँग विचार साटासाट गर्नु लाभदायी हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!