२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिरगंजमा कारागारमा पानीको चरम अभाव,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ०५, २०८२

पर्सा । बिरगंज कारागार परिसरमा रहेका २ गरी १० वटा चापाकलबाट एक महिनादेखि पानी आउन बन्द भएपछि कैदीबन्दीको दैनिकी नै प्रभावित भएको छ ।

कारागारका एक कैदीले पानीको अभावमा आफूहरूले एक महिनादेखि कष्टकर जीवन भोग्नु परेको बताए । ‘एक त कैदीबन्दीको भीड, त्यसमाथि अचाक्ली गर्मी,’ उनले भने, ‘बिहानदेखि बेलुकासम्म नुहाउन, खाना पकाउन, पिउन, लत्ताकपडा धुन, भाडा वर्तन माझ्न हामीलाई पर्याप्त पानी चाहिन्छ । तर एक महिना यता पानीको चरम अभावले हाम्रो दैनिकी नै प्रभावित भएको छ ।’

कारागारमा हाल १ हजार ३ सय ११ कैदीबन्दी रहेका छन् । कारागारका निमित्त जेलर रूपक मण्डलले कारागार परिसरमा रहेका २ वटा बोरिङबाट कारागारका कैदीबन्दी र सुरक्षाकर्मी तथा कर्मचारीसमेत गरी १ हजार ४ सय जनालाई पानीको आपूर्ति भइरहेको बताए ।

‘कारागारभित्रका सबै चापाकल सुकेका छन्,’ उनले भने, ‘कारागार बाहिर रहेको दुई वटा बोरिङबाट कारागारभित्र र कारागार बाहिर समेत पानीको आपूर्ति गरेका छौँ ।’

तत्काललाई पानीको अभाव टार्न वीरगञ्ज महानगरपालिका र जिल्लाका अन्य पालिकाहरूलाई गुहारेको तर कतैबाट पानीको सहयोग नपाइएको उनले बताए ।

अहिलेको अवस्थामा थप २ वटा बोरिङ जडान गर्न आवश्यक रहेको उनको भनाइ छ । दुई बिघा क्षेत्रफलमा फैलिएको कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!