१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

गाजामा भोकले आक्रान्त व्यक्तिहरूमाथि इजरायली सेनाले गोली चलाउँदा ६७ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ०५, २०८२

काठमाडौं । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, उत्तरी गाजामा संयुक्त राष्ट्रसङ्घको सहायताको प्रतीक्षामा रहेका कम्तीमा ६७ जनालाई इजरायली सेनाले गोली हानी हत्या गरेको जनाएको हो ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले २५ ट्रक सहायता सामाग्री इजरायलबाट छिर्दै जाँच चौकी पार गरेपछि, भोकले व्याकुल ठूलो भीडसँग भेट भएको थियो । उनीहरूले खानेकुरा प्राप्तिको प्रयास गरिरहँदा इजरायद्यि सेनाले गोली चलाइएको थियो ।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले भने तत्कालीन खतरा हटाउन ‘चेतावनी स्वरूप गोली प्रहार’ गरेको जनाएको छ । मृतकको सङ्ख्यालाई लिएर भने विवाद देखिएको छ ।

शनिवार गाजाको स्वास्थ्य मन्त्रालयले अत्यधिक भोकमरी फैलिँदै गएको चेतावनी दिएको थियो र बढी सङ्ख्यामा मानिसहरू ‘अत्यन्त थकित र कमजोर’ अवस्थामा स्वास्थ्य सेवाका केन्द्रहरूमा आइरहेका बताएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!