२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बारा यातायातमा सेटिङको अखडा,प्रमुख दासकै भाइ र लेखापालको चलखेलमा करोडौं असुली आरोप

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०५, २०८२

बारा यातायातमा सेटिङको अखडा,प्रमुख दासकै भाइ र लेखापालको चलखेलमा करोडौं असुली आरोप

कलैया । बारा जिल्लाको यातायात व्यवस्था कार्यालय पछिल्ला केही महिनादेखि अनियमितता, दलाली र सेटिङ–सञ्चालित भ्रष्टाचारको अखडा बन्दै गएको उजागर भएको छ।
यस कार्यालयका प्रमुख अविन्दर दास आफ्ना दुई भाइ र निकट लेखापाललाई प्रयोग गरेर कार्यालयको सम्पूर्ण कामकाज नियन्त्रणमा लिएको गम्भीर आरोप लागेको छ।

प्रमुख दासले भाइहरू भिखारी दास र बिकेश दासलाई करारमा राखी, लेखापाल रघुनन्दन साहसँग मिलेर सम्पूर्ण प्रशासनिक निर्णय र सार्वजनिक सेवा प्रवाह आफ्नो निजी सञ्जालबाट संचालन गरिरहेका छन्।
उनी आफैँ नियमित रूपमा कार्यालयमा अनुपस्थित रहने, ‘स्वास्थ्य समस्या’ वा ‘अनुगमन’को नाममा जिम्मेवारीबाट पन्छिने गरेका छन्।

तर, कार्यालय भने उनकै भाइ र लेखापाल साहले चलाइरहेका छन्।

श्राेतका अनुसार लेखापाल रघुनन्दन साह सिधै प्रमुख दासको निकट पात्र भएर काम गरिरहेका छन्।
उनी हाल लेखा र प्रशासनिक जिम्मेवारीभन्दा बढी लाइसेन्स खरिद–बिक्रीको सेटिङ मिलाउने दलाली सञ्जालमा सक्रिय रहेको उनी माथिल आरोप छ।
परिक्षण नगरीकनै प्रतिव्यक्ति १०–२० हजार रुपैयाँ लिई लाइसेन्स वितरण गरिँदै आएको गुनासो सेवाग्राहीहरूले गरेका छन्।

अनियमिततामा ट्राफिक प्रहरी नायब निरीक्षक किरण कार्की, चालक सुशील सिंह र प्रमुखका भाइ बिकेश दास आर्थिक संकलनको मोर्चामा सँगै लागेको उल्लेख गरिएको छ।

सेवाग्राहीका अनुसार, सवारी साधनको नवीकरण, लाइसेन्स नामसारी, जाँचपास जस्ता सेवामा बिचौलियामार्फत खुलेआम पैसा असुल्ने कार्य चलिरहेको छ।

सूत्रका अनुसार अविन्दर दासले मुख्यमन्त्री सतीश कुमार सिंहसँगको नजिकको सम्बन्ध प्रयोग गर्दै कुनै उजुरी वा गुनासो उठे पनि छानबिन अघि बढ्न दिँदैनन्।
रौतहटमा काम गर्दा संलग्न रहेका दलालहरूलाई पनि सँगै बारा ल्याएको आरोप छ।

प्रमुख दास रौतहट यातायात कार्यालयमा प्रमुख हुँदा पनि यस्तै असुली काण्डमा विवादित रहिसकेका छन्।
त्यहाँ बिचौलियामार्फत स्कुटर, जिप, ट्याक्टर, टेम्पो आदिको लाइसेन्स, नवीकरण, जाँचपास, नामसारी जस्ता काम सेटिङमा गर्दै आएका थिए।
दलाल परिचालन गरेर सिधै रकम उठाउने र फाइल पास गराउने आरोप थियो।

दास वीरगञ्ज यातायात कार्यालयमा नायब सुब्बा हुँदा निलम्बनमा परेका थिए।
भारतीय लाइसेन्सलाई नेपालीकरण गरेर सरकारी अभिलेख नष्ट गरेको आरोपमा २०७५ असोज १४ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
तर, आरोप लागे पनि शक्ति र पहुँच प्रयोग गरी सजायबाट उम्किएको भन्ने आरोप अरू अधिकाऱीहरूबाटै आएको छ।

एक कर्मचारीका अनुसार दास खुलेआम भनिरहेका हुन्छन् –

> ‘म अख्तियार, नेता सबैलाई कसरी हातमा पार्ने हो, जान्दछु।’

उनी आफूलाई मन्त्री वा मुख्यमन्त्री कार्यालयसम्म सिधा पहुँच भएको भनेर प्रस्तुत गर्छन्, जुन कारण कुनै पनि अनियमिततामा हात हाल्न कर्मचारीहरू समेत डराउने गरेको स्रोतको भनाइ छ।

दासको संरचना अहिले पर्सा, रौतहट, बाराजस्ता जिल्लामा एकै प्रकारको सेटिङ प्रणाली लागू गरिरहेको जस्तो देखिन्छ।
कार्यालय प्रमुख नभए पनि भाइहरू र लेखापाल मार्फत सवारी सेवाको कारोबार हुने अवस्थामा कार्यालय नै निजी ‘कमाइ केन्द्र’ बनेको देखिन्छ।

यातायात कार्यालय सवारी व्यवस्थापनको महत्वपूर्ण सरकारी अंग हो, तर बारामा यो सेवा केन्द्र होइन, असुली केन्द्र बनेको उजागर भएको छ।
मुख्यमन्त्रीसँगको पहुँच, ट्राफिक प्रहरीको मिलेमतो, लेखापाल र भाइहरूको सञ्चालन, र निरन्तर अनियमितताको आरोपका बीच सशक्त छानबिन र दण्ड प्रक्रिया आवश्यक देखिएको छ
यश विषयमा कार्यालय प्रमुख अविन्दर दास सँग आरोपहरूबारे सम्पर्क गर्दा कार्यालय प्रमुख अविन्दर दासले आफूविरुद्ध भइरहेको आरोपहरूलाई अस्वीकार गर्दै भने–हामी कार्यालयमा सबै काम नियमअनुसार गरिरहेका छौं। कुनै अनियमितता छैन। अहिले मलाई बदनाम गर्न खोजिएको छ।
यो सरासर गलत हो झुठ हाे । सबै कुरा नियमनमा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!