२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा कार नियन्त्रणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०६, २०८२

रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा कार नियन्त्रणमा

रौतहट । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले लागुऔषध गाँजा लोड भएको  कारलाई पछ्याउने क्रममा झाझ पुल नजिकबाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेका ग. ८ च. ६८९६ नम्वरको रातो रङको कारलाई गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरीले थापेको चेक प्वाइन्टलाई छलेर दक्षिणतर्फ भाग्ने क्रममा प्रहरीले पछ्याउदै जाँदा गरुडा नगरपालिका–४ मा रहेका क्रशर उद्योग छेउमा कार छोडेर चालक  फरार भएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायका अनुसार लागुऔषध गाँजा जस्तो देखिने १३३ किलो बरामद गरी उक्त लागु औषध गाँजा र गाडी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ। प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!