०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०७, २०८२

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्।

वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक।

मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन राख्नुहोस्।

कर्कट -निजी भावना व्यक्त गर्दा सतर्क हुनुहोला। कार्यक्षेत्रमा असजिलो महशुस हुन सक्छ। घरपरिवारको सहयोगले मन शान्त रहनेछ।

सिंह -तपाईंको विचार र वाणीले अरूलाई प्रभावित पार्नेछ। अध्ययन, लेखन वा कन्सल्टिङ व्यवसायमा विशेष लाभ। यात्राको सम्भावना पनि छ।

कन्या -धनको आगमन हुने सम्भावना छ। नयाँ योजना सुरु गर्न सकिने समय हो। मनमा हल्का चञ्चलता रहन सक्छ, ध्यान केन्द्रित गर्नुहोस्।

तुला -चन्द्रमा तपाईंको राशिमा छन् – आत्मबल बढ्नेछ। प्रेम र सम्बन्धमा मिठास आउनेछ। तर, शारीरिक थकान र निद्रामा समस्या हुन सक्छ।

वृश्चिक -पुराना कुरा मनमा नलिनुहोस्। आज आत्मपरिक्षण गर्ने राम्रो समय हो। खर्च बढ्न सक्छ, आर्थिक निर्णय सोचेर गर्नुहोस्।

धनु -साथीभाइ र सामाजिक गतिविधिमा रमाइलो हुनेछ। भविष्यका योजनामा सफल हुने सम्भावना। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ।

मकर -कर्म क्षेत्रमा चुनौतीहरू देखिए पनि परिश्रमको मूल्य पाइनेछ। वरिष्ठबाट सहयोग मिल्नेछ। परिवारका जिम्मेवारी बढ्न सक्छ।

कुम्भ -पठनपाठन, धार्मिक कर्म वा यात्रामा रुचि बढ्नेछ। गुरु वा वरिष्ठको सल्लाह उपयोगी हुनेछ। नसोचेको ठाउँबाट लाभ मिल्ने योग।

मीन -संयम आवश्यक छ। अरूको कुरामा बढी प्रभाव नलिनुहोस्। आर्थिक काममा ध्यान पुर्याउनुपर्छ। मानसिक तनाव भए पनि साँझपख शान्ति मिल्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!