२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन

Logo
बिदुर एमसी प्रकाशित बुधबार, साउन ०७, २०८२

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन

दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी अर्थात एक करोड ७२ लाख राजस्य संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । संकलित राजस्व १५ लाख एक हजार ७४९ रुपैयाँँ मुद्दाबाट असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको पनि कार्यालयले जनाएको छ । कार्यालयले साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । जसमा नौ लाख २३ हजार राजस्व उठेको थियो । जुन लक्ष्यको ७६.९९ प्रतिशत हो । लक्ष्य भन्दा दुई लाख ७६ हजार रुपैयाँँ कम राजस्व संकलन भएको थियो । भदौमा १३ लाख १९ रुपैयाँँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा छ लाख १९ हजार मात्र असुली भएको थियो । जुन लक्ष्यको ४६.९८ प्रतिशत हो ।

लक्ष्यभन्दा छ लाख ९९ हजार रुपैयाँँ कम राजस्व संकलन भएको थियो । असोजमा १३ लाख २६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सात लाख आठ हजार २७० रुपैयाँ संकलन भएको थियो । जुन ५३.४१ प्रतिशत हो । लक्ष्यभन्दा छ लाख १७ हजार रुपैयाँँ कम हो । यसैगरी कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा नौ लाख १३ हजार संकलन भएको थियो । यो ७०.९० प्रतिशत हो ।लक्ष्य भन्दा तीन लाख ७५ हजार कम राजस्व संकलन भएको थियो । मंसिरमा १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा आठ लाख ९१ हजार राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ६५.१४ प्रतिशत हो । लक्ष्य भन्दा ४ लाख ७६ हजार कम राजस्व संकलन भएको हो । पुसमा १३ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३० लाख ४६ हजार रुपैयाँ संकलन गरिएको छ । यो लक्ष्यको २२९.९२ प्रतिशत बढी हो । लक्ष्य भन्दा १७ लाख २१ हजार बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

माघमा १२ लाख ५४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ लाख ४९ हजार संकलन गरिएको थियो । जुन लक्ष्यको ९९.६७ प्रतिशत हो । फागुनमा १४ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ११ लाख संकलन भएको थियो । जुन लक्ष्यको ७६.६८ प्रतिशत हो । चैतमा १४ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० लाख ३२ हजार संकलन भएको थियो । जुन लक्ष्यको ७१.५६ प्रतिशत हा ।वैशाखमा १३ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा नौ लाख ८७ हजार संकलन भएको थियो । जुन लक्ष्यको ७१.११ प्रतिशत हो । जेठमा १५ लाख ३३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २३ लाख ४३ हजारसंकलन भएको थियो । जुन लक्ष्यको १५१.९ प्रतिशत हो । असारमा १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १९ लाख ६४ हजार संकलन भएको हो । जुन लक्ष्यको १३८.६४ प्रतिशत हो ।

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्वसमेत कम उठेको कार्यालयले जनाएको छ ।

कम भएकाले राजस्वसमेत कम उठेको कार्यालयले जनाएको छ । भारत प्रवेश गर्दा कडाइ गरेको कारणले यहाँबाट आवतजावत गर्नेको संख्या घट्दै गएको छ । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाइ छ । जसले आवतजावत कम हुने गरेको हो ।कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारी साधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतको रूपमा लिइएको छ । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपैयाँँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँँ लिने गरेको प्रमुख विष्टले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।

भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ । सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी राजस्व उठ्ने गरेको छ । व्यवसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा विकास भएको तथ्यांकले देखाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]