०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पश्चिम नवलपरासीको सुनवल क्षेत्रमा नदीजन्य पदार्थको तस्करी रोकिएन प्रहरी प्रशासन मौन?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन ०७, २०८२

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ ।

सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् ।

विशेष गरी साँझपख र रातको समयमा उत्खनन गरी ट्याक्टर प्रयोग गरेर ओसारपसार भइरहेको छ । उक्त क्षेत्रको अधिकांश भू–भाग बाबागोरिया सामुदायिक वन उपभोक्ता समूहको अधिकार क्षेत्रभित्र पर्छ, जहाँ तस्करी अत्यधिक भइरहेको पाइएको छ ।

यस विषयमा वन उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीसँग जिज्ञासा राख्दा उनीहरूले तस्करी रोक्न स्थानीय तह र सुरक्षा निकायको सहयोग नपाएको गुनासो गरेका छन् ।एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, “सबै सेटिङमै भइरहेको छ, कसलाई के भन्ने ? प्रहरी र जनप्रतिनिधिको मिलेमतो छ, खबर गर्दा पनि प्रहरी आउँदैन ।”

वन समितिले पटक–पटक अनुगमन गरेर चोरी निकासी रोक्ने प्रयास गरे तापनि धम्की आउने गरेको र सुरक्षा निकायको साथबिना ज्यान जोखिममा राखेर काम गर्न नसकिने बताएका छन् । नगरपालिका र सुरक्षा निकायलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाइएको उनीहरूको गुनासो छ ।

गत आर्थिक वर्षमा खोला व्यवस्थापनका विषयमा डिभिजन वन कार्यालय र सुनवल नगरपालिकाबिच विवाद भएपछि अन्तिम समयमा वन कार्यालयले आइइइ स्वीकृति गरेर ‘अमानत प्रणाली’ अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेड लाई नदीजन्य पदार्थ सङ्कलनको जिम्मा दिएको थियो ।

उक्त कम्पनीले स्थानीय ठेकेदारमार्फत भुमही, तुरीया र सेती खोलाबाट उत्खनन गरेको बताइएको छ । तर अहिले पनि स्थानीयदेखि माथिल्लो तहसम्मको मिलेमतोमा तुरीया खोलाबाट समेत बेलाबेलामा अवैध उत्खनन भइरहेको स्रोतले जनाएको छ ।

यस विषयमा सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आफूलाई जानकारी नभएको बताउँदै नगर प्रहरी परिचालन गरेर निगरानी गरिने प्रतिक्रिया दिए ।

डिभिजन वन कार्यालयका अधिकृत मोसाफिर भगतले अहिले उत्खनन गर्न नपाइने समय भएको बताए । ढुङ्गा, बालुवा, गिटी उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९) को दफा ४, उपदफा १६ अनुसार प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था छ । बुटवल-टुडेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!