१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

विश्व प्रसिद्ध रेसलर तथा डब्ल्यूडब्ल्यूईका हल ऑफ फेमर हल्क होगनको ७१ वर्षको उमेरमा निधन,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०९, २०८२

 

उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत गरेको थियो।

उनको सिग्नेचर मुभ्स र दमदार व्यक्तित्वले उनलाई विश्वभरका प्रशंसकहरूको मनमा अमर बनायो। स्थानीय मिडिया र टीएमजेडको रिपोर्टअनुसार, बिहीबार ९जुलाई २४, २०२५० बिहान फ्लोरिडाको क्लियरवाटरस्थित उनको घरमा आपतकालीन सेवाहरू बोलाइएको थियो। आपतकालीन चिकित्सा टोली र प्रहरी घटनास्थलमा पुगेका थिए र होगनलाई स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूको अथक प्रयासका बावजुद उनलाई बचाउन सकिएन।

हालैका दिनहरूमा होगनको स्वास्थ्यबारे विभिन्न अफवाहहरू फैलिएका थिए। उनकी पत्नी स्काई डेलीले केही समयअघि उनको स्वास्थ्य ठीक रहेको र उनी सर्जरीबाट रिकभर भइरहेको बताएकी थिइन्। तर, अचानकको हृदयाघातले उनको जीवन समाप्त भएको छ।

डब्ल्यूडब्ल्यूईले एक आधिकारिक बयान जारी गर्दै होगनको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!