१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

एआईजी तामाङको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०९, २०८२

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुका साथै ट्राफिक एफ.एम.का प्रथम स्टेसन म्यानेजर पूर्व प्रहरी उपरीक्षक पवन कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने २ जना ट्राफिक प्रहरी र ट्राफिक एफ.एम.का ४ जना कर्मचारीलाई प्रशंसा पत्र मार्फत सम्मान गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले ट्राफिक एफ.एम.ले ट्राफिक व्यवस्थापन, सुरक्षित सवारी आवागमन र जनचेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान गर्नुका साथै कला, संस्कृति र सामाजिक सद्‍भाव जगाउने कार्य समेत गरेको बताउनु भयो ।
मेट्रो ट्राफिक एफ. एम.का स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक इञ्जिनियर अमरेन्द्र प्रसाद सिंहले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् ट्राफिक एफ.एम. व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपस्थित सम्पूर्ण अतिथि महानुभावमा धन्यवाद ज्ञापन व्यक्त गर्दै ट्राफिक एफएमको श्रीवृद्धिका लागि सरोकारवाला निकायले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आजको युगमा ट्राफिक एफएमले अन्य सञ्चार माध्यमभन्दा भिन्न पहिचान बनाएको र पृथक कार्य गर्दै आएकाले यसको संरक्षण र थप संबर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
विशेष अतिथि सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर के.सी.ले ट्राफिक एफएमसँगको सहकार्य सडक सुरक्षाका तथा सचेतना क्षेत्रमा लाभदायी भएको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी अधिकृतहरु, जनप्रतिनिधि, यातायात संबद्ध संघ संस्था, सरोकारवाला निकायका पदाधिकारीहरु, संचारकर्मी, नगरप्रहरी, ट्राफिक एफ.एम.का श्रोता तथा ट्राफिक स्वयमसेवकहरूको सहभागिता रहेको थियो ।
वार्षिकोत्सवकै अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज विहान ०८:०० बजे देखि ११:०० बजे सम्म रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एफ.एम.व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले रक्तदान गरी सुरुवात गर्नु भएको कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारी, ट्राफिक एफ.एम.का श्रोता तथा ईच्छुक सर्वसाधारण गरी ६८ जनाले रक्तदान गर्नु भएको थियो ।
वि.स. २०६८ पौष २६ गतेबाट सञ्चालनको इजाजत पाएको ट्राफिक एफ.एम ९५.५ मेगाहर्जले २०६९ जेठ २५ गतेबाट आफ्नो परिक्षण प्रसारण आरम्भ गरेको थियो । एफ.एमले २०६९ सालकै साउन ८ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षामा जनमानसलाई सुःसुचित गर्दै आएको यस एफएममा जनचेतनामुलक, सूचनामुलक र मनोरञ्जनात्मक लगायत विविध कार्यक्रमहरु प्रसारण हुँदै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!