१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी बिकद्वारा मातहत कार्यालय प्रमुखहरुलाई निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०९, २०८२

धनगढी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा आयोजित एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्वर वहादुर वि.क. ज्यूले यस प्रदेश अन्तर्गत कैलाली, कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुको भौतिक उपस्थिति र सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल लगायत पाहाडी सात जिल्लाका प्रमुख हरुलाई भर्चुअल माध्यम मार्फत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कञ्चनपुर र सात पाहाडी जिल्लाहरुको शान्ति-सुरक्षाको बर्तमान अवस्था, ट्राफिक व्यवस्थापन तथा विपद व्यवस्थापनको बारेमा समिक्षा भएको थियो ।
उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले निष्ठावान, ईमान्दार एवं सिर्जनशील भई कार्य गर्दै अबैध भन्सार चोरी निकासी, लागू औषध, जुवातास तथा देह व्यापार जस्ता गैह्र कानूनी कृयाकलापहरु बिरुद्व शून्य सहनशीलताका साथ प्रस्तुत हुन निर्देशन दिनु भयो ।

निर्देशनका क्रममा उहाँले सिमा-नाकाबाट हुने अबैध भन्सार चोरी-तस्करी तथा अपराधिक गतिबिधिका बिरुद्व कडाईका साथ प्रस्तुत हुन, लागू-औषधको ओसार-पसार र बिक्री बितरण नियन्त्रणमा अझ प्रभावकारीता ल्याउन, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रणका लागि योजनावद्ध रुपमा परिचालन हुन, पेण्डिङ मुद्दा अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, फरार प्रतिबादीहरूको खोज-तलास गर्न, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुन, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरि नागरीक मैत्री प्रहरी सेवा प्रवाह गर्न, गैह्र-व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासन रही उच्च मनोवलका साथ कार्य सम्पादन गर्नुका साथै सूचना संकलन एवं विश्लेषणलाई थप प्रभावकारी बनाउन र आम जन-मानसले प्रहरी सँग अपनत्व महसुश गर्ने गरी कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!