१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपालगन्जमा निर्मला थापाको विभत्स हत्या, अभियुक्त आफै बाँके प्रहरीमा आत्मसमर्पण

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०९, २०८२

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो।

निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई मैले मारेँ’ भनेका थिए।
हत्यापछि राति २ बजे प्रकाश सुनार आफैँ प्रहरीमा आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेका थिए। प्रहरीका अनुसार उनले आफ्ना साथीभाइ र आफन्तलाई “अब यति हो है भेटघाट” भन्ने सन्देश पनि पठाएका थिए।
स्वस्तिक कटेजमा ‘क्याप्टेन’ का रूपमा कार्यरत प्रकाश विवाहित थिए। उनका एक छोरा र एक छोरी छन्, र परिवार बर्दियामै बसोबास गर्दै आएको छ। अनुसन्धानमा उनले र निर्मला तीन वर्षदेखि बेलासपुरमा सँगै बस्दै आएको खुलेको छ।

हत्या भएको दुई दिनपछि मात्र निर्मलाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल लगिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एवं सूचना अधिकारी डीएसपी दीपक पातलीले अनुसन्धान जारी रहेको बताए । अहिले हत्या पछाडिको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, तर प्रारम्भिक अनुमान अनुसार व्यक्तिगत सम्बन्ध र द्वन्द्व यस घटनाको कारण हुन सक्ने बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!