०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

गढवामा ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको अबस्थामा पक्राउ,

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, साउन ११, २०८२

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो ।

कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा वडा अध्यक्ष चौधरीले अवैध रुपमा उक्त काठलाई मिष्ट्रीहरु लगाएर काठ गोलिया बनाइ आफ्नै घरमा चिरान गराउदै गरेको अबस्थामा फेला पारिएको सव डिभिजन वन कार्यालय गढवाका सव डिभिजनल वन अधिकृत याम प्रसाद गैरेले सिधा-पत्र डटकमलाई जानकारी दिए । अहिले बरामद गरिएको उक्त काठलाई नियन्त्रणमा ल्याइ सव डिभिजन वन कार्यालय गढवामा राखिएको सव डिभिजनल अधिकृत गैरेले बताए ।

त्यस्तै यता डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले वन एन अनुसार ती अवैध रुपमा काठ चिरान गराउने र गर्ने व्यक्तिहरुलाई कारबाही गरिने जानकारी दिए ।

वडा अध्यक्ष चौधरी यस अघि पनि सामुदायिक वनको ऐलानी जग्गा अतिक्रमण गरेको भनेर विवादमा समेत परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!