१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङको तुलसीपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा बरिष्ठ हवल्दार घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १२, २०८२

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार लागुऔषध कारोबारीहरु मोतिपुरस्थित जंगलको  छेउमा भिरालो ठाउँमा लुकेर लागुऔषध ब्राउनसुगर बिक्री गरिरहेका थिए । सोही क्रममा पुगेको बरिष्ठ हवल्दार बराइलीसहितको प्रहरी टोलीले उनीहरुलाई पछ्याइरहेको थियो । उनीहरुले लागुऔषध बिक्री गर्न लागेको प्रत्यक्ष देखेपछी उनीहरुलाई समात्न प्रहरी अगाडी बढ्यो । त्यहा ३ जना लागुऔषध कारोबारीहरु थिए ।

प्रहरीलाई देखेपछी उनीहरुमध्य एकजना अर्को तर्फबाट भाग्न थाले । केही परबाट उनी पक्राउ परे । तर, अन्य दुईजना भने साथमा भएको केही लागुऔषध भुइमा खसाले र अरु मुखमा राखेर नजिकैको भिरबाट हाम फाले । त्यसपछी बरिष्ठ हवल्दार बराइली पनि उनीहरुसँगै माथीबाट हाम फालेर दुबैजनालाई समात्नुभयो । तर, उहाँको खुट्टामा धेरै चोट लागेकाले उठ्न नसकेपछी समातेका उनीहरु भागे । पक्राउ परेका एकजनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । उनको साथबाट केही लागुऔषध पनि बरामद भएको छ । घटनामा संगल्न अरु दुईजनाको खोजी भइरहेकाले पक्राउ परेका व्यक्तीको नाम गोप्य राखिएको छ । उनीहरु सबैलाई पक्राउ गरेपछी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसरी आफ्नो जिउज्यान नै जोखिममा राखेर संगठनको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्दै आएका बरिष्ठ हवल्दार बराइली धेरै पटक उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कारसहित सम्मानित भइसक्नुभएको छ । उहाँको लगनसिलता र मेहनतको उच्च मुल्यांकन गरि संगठनले उहाँलाई बेलाबेलामा पुरस्कृत गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत बराइली लागुऔषध कारोबारी तथा अन्य अपराधिक कृयाकलापमा संलग्नहरुलाई पक्राउ गर्न सक्रीय हुनुहुन्छ । अपराधिक कृयाकलापमा संलग्नहरुलाई पक्राउ गरेर उहाँले तुलसीपुरमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ । देब बराइली भेनेपछी अवैध काम गर्नेहरु लागुऔषध प्रयोगकर्ता तथा कारोबारीहरुको मुटु काप्ने गर्छ । तुलसीपुरमा विभिन्न समयमा हुने चोरी, लुटपाट, खुडा प्रहार, रड प्रहार, खुकुरी प्रहारलगाएतका घटनामा संलग्नहरुलाई खोजीखोजी पक्राउ गर्नेमा उहाँनै अग्रपन्तीमा हुनुहुन्छ । ड्युटीकै सिलसिलमा हिजो लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएका बराइली उपचार पछी डाक्टरको सल्लाह अनुसार अहिले घरमै आराम गरिरहेको डिएसपी ठकुरीले बताउनुभयो । उहाँको खुट्टाको लिगामेनमा चोट देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!