१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

रुपन्देही जिल्ला ट्राफिकको ६ करोड ८ लाख ४९ हजार राजस्व संकलन दुर्घटनामा परी १२१ जना मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १२, २०८२

 

रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । सबैभन्दा बढी ७९५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५० हजार ४४१ सवारीलाई कारबाही गरिएको छ । यसबाट ६ करोड ८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसमा तीव्र गतिमा सवारी चलाउनेबाट मात्रै ३१ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले २ हजार २१० वटा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । साथै, बुटवल–भैरहवा सडक खण्डको सखुवानीमा एएनपीआर क्यामेरासहितको राडरगन जडान गरी तीव्र गतिमा चल्ने सवारीलाई २४ सै घण्टा निगरानी र कारबाही गरिँदै आएको छ । ट्राफिक जरिवानालाई सहज बनाउन डिजिटल भुक्तानी प्रणाली पनि सुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!