१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

एसएसपी बढुवा सिफारिस विरुद्ध एसपी विमल बस्नेतले अमेरिकबाट उजुरी गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन १३, २०८२

काठमाडौं । संसद सचिवालयमा कार्यरत रही हाल अमेरिका घुम्न गएका एसपी विमल बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी गरेका हुन् । स्रोतका अनुसार उनले अनलाइनमार्फत बढुवा सिफारिसविरुद्ध उजुरी गरेको हुन् ।

बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले सात दिनभित्र उजुरी गर्न सकिने व्यवस्था प्रहरी नियमावली २०७१ मा उल्लेख छ । सोही अनुसार उनले उजुरी गरेका हुन् । आफू सिनयर हुँदाहुँदै पटक पटक बढुवामा छुट्याइएको उनको तर्क छ ।

५ साउनमा बढुवा सिफारिस समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा उनी छुटेका थिए ।

त्यतिबेला तुलबहादुर कार्की, राकेश सिंह, राजिव बहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल बढुवाका लागि सिफारिस भएका थिए ।

अहिले बढुवामा छुटेका एसपी बस्नेत २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् । अरु बढुवा भएकाहरु भने २०५८ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएकाहरू हुन् ।

आफूभन्दा पाँच वर्ष जुनियर बढुवा हुँदा पनि छुटाइएको आरोप बस्नेतको छ । बस्नेत यसअघि कर्णाली प्रदेशको ट्राफिक प्रमुख हुँदाखेरी आर्थिक अनियमिततामा मुछिएका थिए । त्यसपछि एक वर्ष बढुवा रोक्का गरिएको थियो । रोक्को अवधि सकिँदा पनि पटक पटक छुटाइएको आरोप उनको छ ।

प्रहरी नियमावलीको दफा ४२ मा बढुवा उजुरीसम्बन्धी व्यवस्था छ । यसरी दिएको उजुरी लोक सेवा आयोगका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहने समितिले उजुरीमाथि सुनुवाइ गर्नेछ ।

यो समितिले बढुवा सिफारिस समितिको राय प्रतिक्रिया लिनुका साथै उजुरीसँग सम्बन्धित कागज पठाउन बढुवा समितिको सचिवाललाई निर्देशन गर्नेछ ।

माग गरेको तीन दिनभत्रि बढुवा सिफारिस समितिले आफ्नो रायसहित उजुरी सुन्ने समितिमा कागजात पठाउनु पर्ने नियमावलीमा उल्लेख छ । उजुरी सुन्ने समितिलाई अंक जोड्न तल-माथि भएको रहेछ भने जोड्ने अधिकार मात्रै दिइएको छ ।

उजुरी गर्ने म्याद सकिएको मितिले १५ दिनभित्र उजुरी सुन्ने समितिले यसको टुंगो लगाउनु पर्ने हुन्छ ।

त्यसपछि मात्रै बढुवाको टुंगा लाग्ने छ । जसकारण अहिले नै बढुवा सिफारिस भएकाहरुको बढुवा कर्न्फम भएर फुली लगाउने बाटो रोकिएको छ । अब यो उजुरी फर्छ्यौट गरेपछि मात्रै फुली लगाउने बाटो खुल्छ ।

बढुवा सिफारिसविरुद्ध दिएको उजुरी पुष्टि नभए पनि अंक कटाउन सकिने पनि नियमावलीमा उल्लेख छ । पुष्टि नभए पहिलो पटक उजुरी गर्नेको २ अंक काटिने र दोस्रो पटकदेखि ३ अंकका दरले अंक काटिने व्यवस्था नियमावलीमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!