२५ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

सुदृरपश्चिम प्रदेशका २ मन्त्री गाडी दुर्घटना,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन १३, २०८२

धनगढी । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए ।

तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै, अगाडि रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको से.१ झ ३३० मम्बरको कालो रङको गाडी का चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए ।

त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो रङको गाडी कालो गाडीमा ठोक्किएको थियो ।

ठक्करबाट कानूनमन्त्री सवार रातो गाडीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भई चल्न नसक्ने अवस्थामा छ। यस्तै भौतिक पूर्वाधारमन्त्री सवार कालो गाडीको पछाडिपट्टि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन। दुवै मन्त्री सुरक्षित छन् भने उनीहरू अर्को गाडीको व्यवस्था गरी चिसापानी पुगेका छन् । प्रहरीले घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!