१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

१ वर्षको कार्यकाल पूरा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन १५, २०८२

१ वर्षको कार्यकाल पूरा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा

काठमाडौं । संघीय सरकारले एक वर्षको कार्यकाल पूरा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता हुने भएको छ।

सरकार गठनपछि एक वर्षसम्म अपेक्षित गतिमा काम नगरेको भन्दै ओलीले मन्त्रिपरिषद्मा उल्लेखनीय हेरफेर गर्न चाहेका हुन्। तर, गठबन्धन सरकार भएकाले उनले कांग्रेसको सहमति खोजिरहेका छन्। यसअघि पनि ओलीले कमजोर कार्यसम्पादन देखिएका केही मन्त्रीबारे कांग्रेस नेतृत्वसँग छलफल गरिसकेका थिए।

तर, एमाले आफ्ना सबै मन्त्रीहरू फेर्ने तयारीमा देखिँदा कांग्रेस भने गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बाहेकका केही मन्त्री फेर्ने पक्षमा देखिएको छ। स्रोतका अनुसार शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने पनि छोटो कार्यकाल भएको भन्दै यथावत् रहनेछन्।

एमालेतर्फबाट अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ भने कायम राख्ने तयारी गरिएको छ। बाँकी मन्त्रीहरूमा व्यापक फेरबदल गरिने सम्भावना छ।

यता, केही दिनअघि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना तर्फबाट श्रममन्त्री रहेका शरदसिंह भण्डारीलाई हटाउन प्रधानमन्त्रीलाई पत्र पठाइसकेका छन्। ठाकुरले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मन्त्री फेर्न आग्रह गरेका थिए।

श्रोतका अनुसार सम्भवतः साउनको अन्तिम साता वा भदौको सुरुमा मन्त्री फेरबदल टुंगोमा पुग्नेछ। सत्ता साझेदार दलहरूबीच सहमति जुटेपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!