१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नेपालगन्जको ४ नम्बर वडाको कच्ची सडकले उस्तै दु:ख,वडा अध्यक्ष गोपाल पुनको बेवास्ता ?

Logo
मेराज सलमानी प्रकाशित बिहिबार, साउन १५, २०८२

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गतको मुख्य न्यु रोड क्षेत्रस्थित गजानन्द फिनिशिङ अगाडि रहेको कच्ची सडक वर्षा याममा हिलाम्मे र पानीले भरिएका खाल्डाखुल्डीले भरिएको देखिन्छ। यो सडक वडा अध्यक्ष गोपाल पुनको घरबाट करिब ५०० मिटरको दूरीमा मात्र पर्दछ।

निर्वाचन भन्दा पहिला वडा अध्यक्ष पुनले वडा भित्रका सबै सडकहरू सुधार गर्ने प्रतिबद्धता जनाए पनि, स्थानीयवासीहरूका अनुसार यो मुख्य सडक अहिलेसम्म पनि मर्मत वा ढलान गरिएको छैन। सहायक सडकहरूमा पीसीसी ढलान गरिएको भए पनि यही प्रमुख बाटो उपेक्षित देखिएको छ।

सो सडकमा वर्षातको पानी जमेर हिलो र कीचडले आवतजावत असहज बनाएको छ। अर्को तिर सडकमा ग्राभेल मात्र हालिएको देखिए तापनि उचित ढलान नहुँदा सडक टिकाउ छैन।
स्थानीयवासीहरूले पटक–पटक गुनासो गर्दा पनि वडा अध्यक्ष ले चासो नदिएको गुनासो गरेका छन्।स्थानीय बासिन्दा आसिफ़ अली भन्छन्, “हामीले विश्वास गरेर मत दियौं, तर चुनावपछि हाम्रो दु:ख कसैले सुन्दैन।” स्थानीय बासिंदा हरूले यथाशीघ्र सडक निर्माण गर्न वडा कार्यालयसँग माग गरिरहेका छन्। यता यस् बाटोको अबस्था बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनको 9848073242 नम्बरमा फोन सम्पर्क गर्दा मोबाइल अफ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!