०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालगन्जको ४ नम्बर वडाको कच्ची सडकले उस्तै दु:ख,वडा अध्यक्ष गोपाल पुनको बेवास्ता ?

Logo
मेराज सलमानी प्रकाशित बिहिबार, साउन १५, २०८२

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गतको मुख्य न्यु रोड क्षेत्रस्थित गजानन्द फिनिशिङ अगाडि रहेको कच्ची सडक वर्षा याममा हिलाम्मे र पानीले भरिएका खाल्डाखुल्डीले भरिएको देखिन्छ। यो सडक वडा अध्यक्ष गोपाल पुनको घरबाट करिब ५०० मिटरको दूरीमा मात्र पर्दछ।

निर्वाचन भन्दा पहिला वडा अध्यक्ष पुनले वडा भित्रका सबै सडकहरू सुधार गर्ने प्रतिबद्धता जनाए पनि, स्थानीयवासीहरूका अनुसार यो मुख्य सडक अहिलेसम्म पनि मर्मत वा ढलान गरिएको छैन। सहायक सडकहरूमा पीसीसी ढलान गरिएको भए पनि यही प्रमुख बाटो उपेक्षित देखिएको छ।

सो सडकमा वर्षातको पानी जमेर हिलो र कीचडले आवतजावत असहज बनाएको छ। अर्को तिर सडकमा ग्राभेल मात्र हालिएको देखिए तापनि उचित ढलान नहुँदा सडक टिकाउ छैन।
स्थानीयवासीहरूले पटक–पटक गुनासो गर्दा पनि वडा अध्यक्ष ले चासो नदिएको गुनासो गरेका छन्।स्थानीय बासिन्दा आसिफ़ अली भन्छन्, “हामीले विश्वास गरेर मत दियौं, तर चुनावपछि हाम्रो दु:ख कसैले सुन्दैन।” स्थानीय बासिंदा हरूले यथाशीघ्र सडक निर्माण गर्न वडा कार्यालयसँग माग गरिरहेका छन्। यता यस् बाटोको अबस्था बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनको 9848073242 नम्बरमा फोन सम्पर्क गर्दा मोबाइल अफ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!