२५ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

फिल्म सैइलीमा गाडीले बाटो छेकेर हिँडेको फोटो प्रहरीले देखेपछि समूहको पिछा गरेर प्रहरीले पक्राउ गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १६, २०८२

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरीले अधिकृतहरूले पाएका थिए । सो गाडी चक्रे समूहको भएको पुष्टि भएपछि उनीहरू ‘पुरानै बाटो’ रहेको निष्कर्ष निकालेर निगरानी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले मिडियालाई बताए । उनले भने, ‘सडक आफ्नै जस्तो गरेर छेकेर हिँड्नु त गुण्डागर्दी भयो भन्ने हाम्रो निष्कर्ष छ । ’

चक्रे र उनको समूहले गुण्डागर्दी नछाडेको र नसुध्रिएको निष्कर्षको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले गएराति महाराजगन्जमा अपरेसन गरेका हुन् ।

हप्ताभरी जन्मदिन मनाउने कार्यक्रम अन्तर्गत मिलन आफ्नो समूहसँग साम्बालाको आठौँ तलामा पुगेका थिए । गएराति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

प्रहरीले चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेका छन् । खुकुरी र रड आत्मरक्षाको लागी बोकेर हिँडेको पक्राउ परेका मध्येका राहुल खड्काले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘खुकुरी आत्मरक्षाको लागि बोकेका हौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पु¥याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका—११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ […]

एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्। उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्‍याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो। काठमाडौँ । विभिन्न […]

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

error: Content is protected !!