१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

इलामका १०२ जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, साउन १६, २०८२

इलाम । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मंगलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन्।

जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट ९७ जनालाई एवं जिल्ला प्रशासन कार्यालयबाट तीन र इलाका प्रशासन कार्यालयले दुई जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।

बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता पाएको आज जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रजिअ नेपालले बताइन्।

उनले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानुनी जटिलताले सो प्रकृतिका नागरिकता वितरण गर्न सहज भने नभएको बताइन्। आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्तालगायत कुनै पनि कागजपत्रमा बुबाको नाम नखुलेको सन्तानलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको उनले बताइन्।

बुवाको पहिचान नभएका, बुबा पत्ता नलागेका आमा मात्र भएका सन्तानका हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यतालगायत कागजपत्रका आधारमा आमाको नामबाट नागरिकता दिइँदै आएको उनले जानकारी दिइन्।

बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनी व्यवस्था रहेकाले सोहीबमोजिम गरिँदै आएको भए पनि कतिपय व्यक्तिको जन्म दर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा नागरिकता वितरण गर्न नसकिएको प्रजिअ नेपालले उल्लेख गरिन्।

‘बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनले नै व्यवस्था गरेको छ,’ प्रजिअ नेपालले भनिन्, ‘तर कतिपय व्यक्तिको जन्म दर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको हुनाले त्यस्तालाई भने नागरिकता वितरण गर्न सकिएको छैन।’

नागरिकताकै अभावमा अध्ययन गर्न, जागिर खान तथा विभिन्न सेवा लिनबाट वञ्चित व्यक्तिले नागरिकता पाएसँगै सबै सेवा प्रवाहमा पहुँच पुगेको उनको भनाइ छ। यस अवधिमा तीनवटै कार्यालयमार्फत इलामका छ हजार चार सय ६१ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। ४० जनाले वैवाहिक अंगीकृत र चार जनाले गैरआवासीय नागरिकता लिएको प्रजिअ नेपालले बताइन्।

सो अवधिमा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने दुई जनाको नागरिकता रद्द गरिएको छ। त्यस्तै, एक सय ४२ जनालाई नाबालक प्रमाणपत्र जारी गरेको छ। त्यसैगरी ६ हजार एक सय ३७ वटा संशोधनरहित र चार हजार तीन सय ३२ वटा संसाधनसहित नागरिकताको प्रतिलिपि जारी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, एक वर्षको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि इलामका १५ हजार २९९ जनाको विवरण संकलन गरेको छ भने सात हजार २३९ जनालाई परिचयपत्र वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालयसहित तीनवटै कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि आवेदन फारम नि:शुल्क भर्ने व्यवस्था मिलाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!