२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १ सय ८ जना सदस्यलाई जेल सजाय,

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन १७, २०८२

काठमाडौं । सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा इस्लामाबादको ‘एन्टी–टेररिजम कोर्ट’ ले खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पीटीआई) का सदस्यहरूलाई जेल सजाय सुनाएको बीबीसीले जनाएको छ।

सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रियसभाका विपक्षी नेता उमर अयुब खान पनि छन् जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ । अदालतको यो निर्णयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पीटीआई’ लाई ठूलो झड्का लागेको खबरमा उल्लेख छ ।

सन् २०२३ को मे महिनामा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए ।

अदालतको फैसलाको विपक्षी नेताहरूले निन्दा गरेका छन् । अदालतको फैसलामा पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषित गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!