१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

कोशी प्रदेश सरकारले आफ्नो आधिकारिक कागजातमा विराटनगर नेपाल’लेख्ने निर्णय गर्‍यो,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन १७, २०८२

 

बिराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो। यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो। प्रदेशको नाममा स्पष्टता ल्याउने उद्देश्यले मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए।

उनले भने, ‘अबदेखि ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने छ।’ प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक तयार गरी प्रदेशसभामा पेस गर्ने निर्णयसमेत बैठकले गरेको भण्डारीको भनाइ छ। उनका अनुसार यो विधेयक पारित भएपछि कोशी प्रदेशमा लिम्बू भाषा र मैथिली भाषा पनि सरकारी कामकाजको भाषा बन्ने बाटो खुल्ने छ।

प्रतिपक्षी दलका सांसदहरुले दर्ता गरेको विधेयक अगाडि बढाउन नमानेको सरकारले आफैं विधेयक तयार गरेर पेस गर्ने निर्णय गरेको हो। ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको मन्त्री भण्डारीले बताए। विधेयक पारित भएसँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बू र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउने छन्। उक्त कानुन महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर कात्तिक २५ गतेबाट कार्यान्वयनमा जानेछ।

कोशी प्रदेशको तथ्यांक व्यवस्थापन सम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेशसभामा पेस गर्न स्वीकृति दिइएको भण्डारीको भनाइ छ। साथै, प्रदेश स्वास्थ्य नीति, २०८२ लाई स्वीकृति दिने निर्णय भएको र शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालनसम्बन्धी विधेयक प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको मन्त्री भण्डारीले बताए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!