१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

२१ गतेदेखि २४ गतेसम्म दाङकाे लमही घोराही सडकखण्ड बन्द हुने मसोट पुलको मर्मत हुँदै,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन १७, २०८२

दाङ । आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको छ । जिल्लाको प्रमुख सडक संजालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय गरेको हो ।

निर्णयअनुसार यहि साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म मसोट खोला पुलमा दुई पाङ्ग्रे बाहेकका अन्य सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिनेछ । उक्त अवधिमा सडक डिभिजन कार्यालय दाङले पुलको आकस्मिक मर्मत गर्नेछ । पुल मर्मत भइरहँदा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्गको रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले आग्रह गरेको छ ।

ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइने ट्राफिक कार्यालयले जनाएको छ । साथै, मर्मत अवधिमा अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन मार्गको मर्मत गरी सञ्चालन गरिनेछ । डाइभर्सन मार्ग सडक डिभिजन कार्यालयले मर्मत गर्नेछ भने ट्राफिक प्रहरीको समन्वयमा अत्यावश्यक सवारीका लागि व्यवस्थापन गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!