१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

काठमाडौं ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा क्लब संचालक गुरुङ पनि पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन १८, २०८२

काठमाडौं । पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ छन् । उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

१४ साउनमा ठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।

सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो । क्लब सञ्चालकले नै प्रहरीलाई खबर गरेपछि सानुभाइसहित अर्को समूहका दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउ गरेका थिए ।

यता ओम्नियाका सञ्चालक राजेन्द्र भने फरार थिए । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरु दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

error: Content is protected !!