२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

भारतको उत्तर प्रदेशमा कार दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ४ जनाको उद्धार,

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन १८, २०८२

 

भारत । उत्तर प्रदेश दुर्घटना इटियाथोकको बेलवा बहुता रेहरा पुलमा भएको थियो, जहाँ एसयूभी कार नहरमा पल्टिएको थियो।

इटियाथोक प्रहरी चौकीका एसएचओ कृष्णराज राईले बीबीसी हिन्दीलाई बताएअनुसार एसयूभी कारमा चालकसहित १५ जना थिए।

यी व्यक्तिहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथको जलाभिषेक गर्न जाँदै थिए। दुर्घटनाको जानकारी पाउने बित्तिकै जिल्लाका एसपी र डीएम लगायत अन्य अधिकारीहरू घटनास्थलमा पुगे।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने पनि बताएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् भने घाइतेहरूको उचित उपचारको लागि आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!