२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बढुवा भएका प्रहरी निरीक्षक आनसिंह धामीले लगाए दर्ज्यानी चिन्ह सुशोभन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन १८, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८२।०४।१२ गतेको पत्रादेशानुसार मिति २०८२।०४।१४ गतेबाट लागु हुने गरी प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ (क) को खण्ड (क) बमोजिम एक तह पदोन्नती हुनु भएका प्रहरी निरीक्षक आन सिंह धामीलाई कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी प्रकाश दाहालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई बधाई तथा शुभकामना समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!