२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

रुसमा पहिलो पटक ज्वालामुखी विस्फोट,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन १८, २०८२

रुस । विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ।

यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ।

दुवै घटना बुधबार आएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताइएको छ। बुधबारको भूकम्प रिक्टर स्केलमा ८.८ मापन गरिएको थियो।

यस भूकम्पका कारण फ्रान्सेली पोलिनेसिया र चिली जस्ता टाढाका क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!