१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु लाइसेन्स नभएको छोरालाई चलाउन दिने आमा र छोरा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन १८, २०८२

दाङ । तुलसीपुर १९ बासगढीमा पैदल हिडीरहेकी स्थानिय ६५ बर्षीया गौमती रोकालाई हिजो मोटरसाइकलले ठक्कर दिएको थियो । हिजो दिउँसो करिब साढे २ बजेको समयमा रा ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएकी रोकाको उपचारको क्रममा मृत्यु भएको छ । रोकालाई ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–७ का १६ वर्षका लक्ष्मण भुसाललाई प्रहरीले हिजै पक्राउ गरिसकेको थियो । उपचारकै क्रममा हिजो साझ साढे ६ बजेको समयमा बाँकेको मेडिकल कलेज कोहलपुरमा उहाँको मृत्यु भएपछी मोटरसाइकल चालककी आमा मिना भुषाललाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालकको लाइसेन्स नभएको र उक्त मोटरसाइकल लक्ष्मणकी आमा मिनाको नाममा दर्ता रहेकाले लाइसेन्स नभएका छोरालाई मोटरसाइकल चलाउन दिएको आरोपमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेषगरी अभिभावकहरुको लापरबाहीले लाइसेन्स नभएका बालबालिकालाई सवारीसाधन चलाउन दिदा ठुलो क्षेती हुने गरेको भन्दै प्रहरीले यसमा अलि सेचत हुन आग्रह गरेको छ । कसैले पनि लाइसेन्स नभएकालाई सवारी चलाउन दिदा सवारी धनिलाई समस्या पर्ने भएकाले त्यसो नगर्न प्रहरीले आग्रह गरेको हो । पक्राउ परेका आमाछोरालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरेर इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!