१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

स्वास्थ्यमन्त्री सारुको एकवर्षे कार्यकाल २५ बूँदे महत्त्वपूर्ण उपलब्धिहरु ८६.५१ प्रतिशत वित्तीय प्रगति नै ८६.५२% भो

Logo
बिदुर एमसी प्रकाशित सोमबार, साउन १९, २०८२

दाङ । भालुवाङ देउखुरी देशभरमै अब्बल कार्य प्रगति गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले आफ्नो पदबहालीको एकबर्ष पूरा भएकाे छ । गतबर्ष स्वास्थ्य मन्त्रीकाे रूपमा सपथग्रहणका साथै पदबहाली गरेको ठ्याक्कै एकवर्ष पुगेको अवसरमा आइतबार आफ्नो एकवर्षको कार्यप्रगति सार्वजनिक गरेका छन् ।

स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका दाङको देउखुरीमा आइतबार पत्रकार सम्मेलन मार्फत सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई आधार मानेर २५बूँदे कार्यप्रगतिको सूची सार्वजनिक गरेका हुन् । सोही अवसरमा स्वास्थ्य मन्त्री सारुले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकारले प्रभावकारी कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याएकाे तथ्य उजागर गरे ।

आफ्नो मन्त्रालयले परिलक्षित गरे अनुरुप वार्षिक नीति तथा कार्यक्रम, घोषणापत्र पदभार ग्रहणपश्चात् एक वर्षमा सम्पादित कार्य तथा प्रमुख उपलब्धीहरु सार्वजनिक गरेको हो । तिमध्ये आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य मन्त्रालयको ८६.५१% वित्तिय प्रगतिलाई सर्वोत्कृष्ट उपलब्धिको रूपमा लिएको मन्त्री सारूले बताए । मन्त्री सारूले १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन शिलान्यास भई हाल २७ प्रतिशत भौतिक प्रगति गरेको पत्रकार सम्मेलनमा बताए ।

प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा अन्तरगत क्यान्सर, मुटुको भल्व फेर्ने र मृर्गौला प्रत्यारोपण उपचारको सिफारिस स्वास्थ्य निर्देशनालय, भालुवाङको सट्टा जिल्लास्थित स्वास्थ्य कार्यालय मार्फत गर्ने व्यवस्था, पाँचवर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन गरिएको मन्त्री सारूले जानकारी दिए ।

विभिन्न ९ वटा नियमावली, निर्देशिका र कार्यविधि स्विकृती तथा परिमार्जन, कार्यालयहरुमा सुशासन कायम गर्न स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुका ४१ वटा सवारी साधनमा जिपिएस ट्रयाकिङ्ग गर्ने व्यवस्था, १३ स्थानीय तहमा २६ रोभिङ्ग नर्स नियुक्त गरि मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यूदर न्यूनीकरण सम्बन्धी सेवा तथा परामर्श सञ्चालन गरेको मन्त्री खेमबहादुर सारू मगरले कार्यक्रममा सार्वजनिक गरेका छन् ।

मन्त्री सारूले आफ्नो लुम्बिनी प्रदेश सरकार अन्तर्गतका सबै अस्पतालहरुमा ५४ प्रकारका सेवा र शुल्कमा एकरुपता कायम गरिनुका साथै सबै अस्पतालहरुले प्रदान गर्ने सेवा नागरिक वडापत्र र वेबसाईटमा सार्वजनिक गर्ने व्यवस्था गरिएको, सरकारी चिकित्सक र स्वास्थ्यकर्मीले नीजि संस्थामा सरकारी कार्यालय समय बाहेक अनुमती लिएर मात्र सेवा गर्न र कार्यरत सरकारी संस्थाको नाम र पद प्रयोग गर्न बन्देज गरिएको ठोकुवा पनि गरे ।

प्यूठान जिल्लामा स्वास्थ्य शिविर मार्फत ७६ जना महिलाको पाठेघरको (आङ खस्ने) निशुल्क शल्यक्रिया, ५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियुक्ति र सेवा सुभारम्भ । ४ वटा स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न भएको, ७ वटा निर्माणधिन अवस्थामा रहेको ।
स्वास्थ्य बिमाको औपचारिक क्षेत्रलाई समेट्‌ने नीति अनुरुप मन्त्रालय मातहतका २ हजार ६४ जना कर्मचारी स्वास्थ्य बीमामा आवद्ध गरिएको उनलेे स्पष्ट पारे ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र ३० स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको उल्लेख गर्दै स्वास्थ्य मन्त्री सारुमगरले ३ हजार ८ सय ५१ बिरामीलाई विशेष आर्थिक सुविधा उपलब्ध गराएको, १ लाख ४ हजार ४ सय ८९ जनाको नसर्ने रोग स्कृिनिङ्ग, ३९ हजार १ सय ७५ जना ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रवाह गरेको कार्यप्रगति सुनाए । ९ जिल्लामा मृगौला प्रत्यारोपण सेवा सञ्चालन तथा सेवा सुदृद्धिकरण, ६९ हजार २ सय ४३ जना गर्भवती महिलालाई संस्थागत प्रसूति सेवा उपलब्ध गराएको मन्त्री सारूले बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा १० वटा काउण्टरबाट अनलाईन टिकेटिङ्ग, डिजिटल भूक्तानी, अटोमेटिक रिपोर्ट डिस्प्याच सेवा, BREAST क्लिनिक सेवा, ९० शैयाको मेडिकल वार्ड विस्तार, ब्लड बैंक, प्रसूति सेवाको क्षमतामा ३३% थप, एम.आर.आई खरीद, विविध प्रकारका सेवा विस्तार गरेको, ३ जिल्लामा फेमिली हेल्थ प्रोफाईल तयार गरिएको र आगामी आवमा ४ वटा जिल्लामा विस्तार गरिने, इलेक्ट्रोनिक्स मेडिकल रेकडिङ इ.एम. आर डिजिटल हेल्थ, गुल्मी अस्पतालमा लागु गरिएको पनि मन्त्री सारूले बताए ।

त्यस्तै मन्त्रालयमा GIOMS सिस्टम मार्फत सेवा प्रवाह, महिला बालबालिका तथा किशोरीको स्वास्थ्य र पोषण सुधार कार्यकम सबै जिल्लामा लागू गरिएको घोषणा गरे ।
स्विकृत दरबन्दीका रिक्त रहेका प्राविधिक जनशक्ति करार सेवामा लिई सेवा विस्तार गरिएको, प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्र १ सय २ सेवा सञ्चालन गरिएको, आयुर्वेद चिकित्सालय बिजौरीबाट स्वर्ण विन्दु प्राशन सेवा प्रदान तथा SOP तयार गरि प्रदेशका सबै जिल्लामा विस्तार गरिएको र अस्पतालजन्य औजार उपकरणको सप्टवेयर सञ्चालन गरिएको मन्त्री सारूले उल्लेख गरे ।

स्वास्थ्य मन्त्री दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षता एवम् स्वास्थ्य मन्त्री खेमबहादुर सारूको अभिभाकत्वमा भएको कार्यक्रमको सञ्चालन अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसीले गरेकी थिइन् । कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाहरुको स्वास्थ्य मन्त्री सारुले क्रमिक रूपमा जवाफ दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

error: Content is protected !!