१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सोमबारको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन १९, २०८२

मेष -आज मानसिक सन्तुलन आवश्यक छ। बोलेका कुराको प्रभाव पर्छ, विचारपूर्वक प्रस्तुत हुनुहोस्। पारिवारिक आत्मीयता बढ्नेछ। यात्रामा सावधानी अपनाउनुहोस्।

वृष -धन लाभको संकेत देखिन्छ। पुराना साथीबाट सहयोग मिल्ने सम्भावना छ। पारिवारिक तालमेल राम्रो रहला। महत्वाकांक्षी योजना अघि बढाउन अनुकूल छ।

मिथुन -कामको चाप बढ्नेछ तर जिम्मेवारी सफलतापूर्वक पुरा हुनेछ। प्रशासनिक वा नेतृत्वसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। मान–प्रतिष्ठा बढ्ने योग छ।

कर्कट -शैक्षिक तथा आध्यात्मिक क्षेत्रमा उन्नति हुनेछ। अध्यात्मतर्फ आकर्षण बढ्न सक्छ। यात्रामा लाभ मिल्नेछ। वैदेशिक प्रयत्नहरूमा सुधार देखिन्छ।

सिंह -स्वास्थ्यमा सामान्य कमजोरी हुनसक्छ। रिस र अहंकार नियन्त्रण गर्नु राम्रो। मनमा चञ्चलता बढ्न सक्छ। खर्च बढ्ने सम्भावना, बचतमा ध्यान दिनुहोस्।

कन्या -व्यापार वा साझेदारी सम्बन्धी काममा प्रगति हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। विवाहयोग्यका लागि समय अनुकूल देखिन्छ। परिवारबाट समर्थन पाइनेछ।

तुला -दैनिक कार्यहरूमा व्यस्तता रहनेछ। सहयोगी व्यक्तिको साथले काम सजिलो बनाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। अनुशासनमा रहन सके सफलता मिल्नेछ।

वृश्चिक -मन रमाउने दिन हो। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम र मनोरञ्जनको अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि उपलब्धिको दिन बन्न सक्छ।

धनु -पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्चमा ध्यान पुर्याउनुहोस। घरायसी विवादबाट टाढा रहनु उचित छ। मातृपक्ष वा जमिनसम्बन्धी विषयमा ध्यान दिनुहोस्।

मकर -सञ्चार र लेखनसँग जोडिएका कार्यमा सफलता मिल्नेछ। छोटो यात्रा लाभदायक बन्न सक्छ। दाजुभाइ वा साथीभाइसँग सम्बन्ध प्रगाढ हुनेछन्।

कुम्भ -धनप्राप्तिको सम्भावना छ तर फजुल खर्च पनि बढ्न सक्छ। व्यापारिक क्षेत्रमा मिहिनेतअनुसार प्रतिफल मिल्नेछ। मौखिक प्रस्तुतिमा प्रभाव पर्न सक्छ।

मीन -आत्मबल र आकर्षण बढ्ने दिन हो। नयाँ काम सुरु गर्न सकिने दिन हो। आत्मविश्वासका साथ अघि बढ्नुहोस्। व्यक्तित्वमा निखार आउनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

error: Content is protected !!