कैलाली । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,” उनले भने, “महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।