२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पुल मर्मत भनेर घोराही लमही सडक बन्द गर्दा दुख: सामान्य डाइभर्सन बनाउन नसक्ने नै भयौ त ?

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन १९, २०८२

दाङ । घोराही केही समय पहिला बाटो मर्मत भनेर एक महिना सम्म घोराही लमही सडक बन्द गर्दा हामी कोहि बोलेनौ त्यसैको फाइदा अहिले पुल मर्मत भनेर फेरि चारदिन बन्द गर्न खोजिदै छ के हामी एउटा पुल मर्मत गर्दा सामान्य डाइभर्सन बनाउन नसक्ने नै भयौ त ?? हामी सङ्ग सडक डिभिजन कार्यालय सङ्ग भएका स्काभेटर,डोजर र जनसक्ति,उपमहानगर पालिका र लमही नगरपालिका सङ्ग भएका स्काभेटर डोजर र जनसक्ती त्यसमा पनि नपुगे घोराही लमही क्षेत्रमा ब्यवसायी सङ्ग भएका स्काभेटर डोजर र विभिन्न इक्युमेन्ट अझै नपुगे समग्र नागरिकलाइ अह्वान गर्ने हो भने के एउटा डाइभर्सन बनाउनै नसकियला त ? के बाटो नै बन्द गर्नु पर्थो होला त ?एउटा तालुकदार निकायले बैठक बोलाउने अनि त्यही बैठकमा गयर अर्को तालुक निकाय ले बाटो बन्द गर्ने ताली पडकायर आउने बिज्ञपति निकाल्ने अनि# हामी जनताले त्यही मान्दिनु पर्ने ?गोग्ली कुइरेपानीको मान्छे लमही पुग्नलाइ कति किलोमिटर घुम्नु पर्छ हिसाब किताब छ ?? जिम्मेवारी पाएको निकायले बर्षात लाग्नु भन्दा अगाडी पुल मर्मत गर्नु पर्छ भन्ने थाहा थियन ? ? बर्सातको समय छ सर्पको बिगबिगी छ देउखुरी का नागरिकलाइ भब्य तब्य पर्यो भने नजिकको अस्पतालमा उपचार नपायर नागरिक मार्ने ? सबै नागरिकले आवाज उठाऔ भोलिदेखी नै डाइभर्सनको काम अगाडी बढायर पर्सिदेखि साइडबाट गाडि चलायर मात्र पुल मर्मत शुरु गरौ अहिले चार दिन भनियको छ हेर्दै जानुहोला मलाइ बिस्वास छैन यिनिहरुले काम समयमै सक्छन् अनि काम नसकियको हुदा फेरि यति दिन म्याद थपियो भनेर महिनौ लगाउन सक्छन् सबै सचेत बनौ र आवाज बुलन्द गरौ आवस्यक परे सबै सहयोग गरौ र खबरदारी गरौ र आउदा दिनहरुमा जिल्लाका महत्वपूर्ण निर्णय गर्दा अल्लि गम्भीर भएर निर्णय गरौ !
लेख बिचार दाङ उद्योग बाणिज्य संघ घोराहीका नि वर्तमान अध्यक्ष नारायण भुसाल दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]