१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

उपत्यका प्रहरीलाई मनसुनजन्य विपद्को तयारी अन्तर्गत उद्धार सामाग्री एआईजी तामाङलाई हस्तान्तरण

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २०, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई NMB Bank को तर्फबाट १ थान रबर बोट, ४ थान लाईफ ज्याकेट, १ थान थ्रो ब्याग र १ सेट रिपेयर किट हस्तान्तरण गरिएको छ ।
काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्धार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले उद्धार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ । यस विषयलाई मध्यनजर गर्दै NMB Bank को सहयोग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा उक्त विपद् उद्धार सामाग्री हस्तान्तरण गरिएको हो ।
विपद् उद्धार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रामा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि हाल सम्म ९८५ वटा लाईफ ज्याकेट र निजि क्षेत्रबाट ६ वटा रबर बोट प्राप्त गरिसकेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने NMB Bank लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट कदर पत्र सहित धन्यबाद व्यक्त गर्दै यसको सुरक्षित भण्डारण तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा NMB Bank का प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले मन्तव्य व्यक्त गर्दै विपद्को समयमा अग्र पङ्कतिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै NMB Bank ले आगामी दिनहरुमा पनि समन्वय,सहकार्य र सहयोगका लागी सधै तयार रहेको बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, NMB Bank का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!