२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

साइबर अपराधको कसुरमा फेरि शर्मिला वाइबा पोखराको लेकसाइडबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २०, २०८२

काठमाडौं । जिल्ला अदालतले गत २६ साउनमा वाइबाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो र कास्की प्रहरीले उनलाई पक्राउ गरेको छ।

वाइबा यसअघि पनि साइबर अपराध र कुटपिटको मुद्दामा पक्राउ परेकी थिइन् र धरौटीमा रिहा भएकी थिइन्।

आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।

साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले गत २६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।

त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्
साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा शर्मिला वाइबा पोखराको लेकसाइडबाट पक्राउ परेकी छन्।

काठमाडौं जिल्ला अदालतले गत २६ साउनमा वाइबाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो र कास्की प्रहरीले उनलाई पक्राउ गरेको छ।

वाइबा यसअघि पनि साइबर अपराध र कुटपिटको मुद्दामा पक्राउ परेकी थिइन् र धरौटीमा रिहा भएकी थिइन्।

आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।

साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले गत २६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।

त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

‘साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी थियो, त्यसकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो,’ ओलियाले भने, ‘अब वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाउँछौं ।’

उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् ।  त्यतिबेला उनी कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।

आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले सामाजिक सञ्जाल तथा युट्युबलगायत माध्यममा भत्ता रूपमा प्रस्तुत हुँदै आइरहेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!