भारत । उत्तरखण्ड बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ ।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त अर्याले धाराली गाउँमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडिया टाइम अफ इन्डियाले उल्लेख गरेको छ । उनका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।
उक्त क्षेत्रको खोज र उद्धार कार्यका लागि सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू खटाइएको उनले जानकारी दिए । अर्याका अनुसार उक्त प्रभावित क्षेत्रमा थुप्रै साना गेस्ट हाउस, होटेल र रेस्टुरेन्टहरू रहेका छन् ।
भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग घटनाको सम्बन्धमा कुराकानी गर्दै धराली क्षेत्रमा क्लाउडबर्स्टका कारण भएको व्यापक क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । एजेन्सी