२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन २१, २०८२

मेष -आज कामप्रति लगाव बढ्नेछ। पारिवारिक सम्बन्धमा सुमधुरता आउनेछ। सरकारी काममा सफलता मिल्न सक्छ। तर अरूको कुरामा धेरै प्रभावित नहुनुहोस्। यात्रामा लाभ होला।

वृषभ-आज व्यापारमा नयाँ अवसर देखा पर्न सक्छ। तर खर्चको मात्रा बढी हुने सम्भावना छ। घरभित्र सानो बहस हुन सक्नेछ, संयम अपनाउनु उपयुक्त हुन्छ। स्वास्थ्यमा ख्याल गर्नुहोस्।

मिथुन-आर्थिक पक्ष सबल बन्नेछ। साथीभाइ र दाजुभाइसँगको सम्बन्ध सुधार हुनेछ। पुराना टेन्सनहरू हट्नेछन्। प्रेम सम्बन्धमा मिठास आउने संकेत छ।

कर्कट-आफ्नो मेहनतले काममा सफलता दिलाउनेछ। केही मानसिक अशान्ति भए पनि घर–परिवारको साथले सान्त्वना मिल्नेछ। सन्तान पक्षबाट शुभ समाचार आउने सम्भावना छ।

सिंह-आज निर्णय लिँदा सावधानी आवश्यक छ। यात्रामा विलम्ब र खर्च बढी देखिन्छ। धार्मिक भावना जागृत होला। नीजि जीवनमा संयम अपनाउनु राम्रो।

कन्या-धन लाभको सम्भावना बलियो छ। शुभ समाचार सुन्न पाइने दिन हो। तर स्वास्थ्यमा सामान्य कमजोरी महसूस हुन सक्छ। खर्चमा नियन्त्रण गर्नु उचित हुन्छ।

तुला-पद, प्रतिष्ठा र सामाजिक स्तर उकासिने समय हो। नयाँ अवसरहरूको संकेत देखिन्छ। वैवाहिक जीवनमा सामान्य चञ्चलता देखिए पनि संवादबाट समाधान हुनेछ।

वृश्चिक-आज शुभकार्यको योजना बन्न सक्छ। विद्या, धर्म र गुरुजनको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार देखिन्छ। परिश्रमले फल दिन्छ

धनु-समय मध्यम छ। खर्च बढ्न सक्छ। सरकारी वा कागजी प्रक्रियामा केही अवरोध आउन सक्छ। व्यवहारमा संयम राख्नु आवश्यक छ। संतानपक्षमा सन्तोषजनक खबर पाइनेछ।

मकर-मानसिक बल र आत्मविश्वास बढ्नेछ। काममा दृढता देखिनेछ। वैवाहिक जीवनमा सुधार होला। तर अहंकारको नियन्त्रण जरुरी छ।

कुम्भ-स्वास्थ्य ख्याल गर्नुहोस्। गोप्य शत्रु सक्रिय हुन सक्छन्। काममा ध्यान नदिँदा गल्ती हुन सक्छ।

मीन-आजको दिन मिलनसार र सृजनात्मक काममा लाभदायक हुनेछ। प्रेम वा मित्र सम्बन्धमा प्रगाढता आउनेछ। प्रतिस्पर्धी कार्यमा पनि सफलता मिल्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!