२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कञ्चनपुरमा १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा सम्झनाका श्रीमान पवन सासुससुरा पनि पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

कैलाली । कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा घर परिवार पक्राउ परेका छन् । सम्झनाका श्रीमान पवन, सासुससुरा किरण हरिदत्त पनि पक्राउ परेका हुन् ।  घटनाकै दिन सम्झनाका श्रीमान पवन पक्राउ परेका थिए, त्यसपछि सासु र ससुरालाई पनि पक्राउ गरेको कञ्चनपुर  प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले आत्महत्या दुरुत्साहन अ्रन्र्तरगत किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान, सासु, ससुरालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए । प्रवक्ता बोहराले अनुसार घटना स्थलदेखि सबै कोणबाट अनुसन्धान अघि बढाइएको बताए । १८साउन घरकै झुण्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन् । माइती पक्षले आत्महत्या जस्तो देखिने भएपनि हत्या भन्दै पोष्र्टमाष्टम गर्न मानेको छैन । चार दिनदेखि सम्झनाको शव महाकाली अस्पतालमा राखिएको छ । सम्झनाले आफु बाँच्न नसकिने भन्दै आफन्तलाई म्यासेजदेखि घरमा कुटपिट हुने भन्दै गुनासो गर्दै आएकी थिइन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरकी सम्झना र बेलडाँडी २ सिहपाल टोलका  पवनकोे विवाह ६ महिना नवित्दै सम्झना सदाका लागि विलय भएकी छिन । प्रेम सम्बन्धमा रहेका सम्झना र पवनको १८ फागुन ०८१ मा विवाह भएको थियो । विवाह भएको ६ महिना पनि पुरा नहुँदै सम्झना झुण्डिएर मृत फेला परेपछि माइती पक्षले घरपक्षमाथि मर्न बाध्य बनाएको भन्दै घटनाको छानबिन गर्नुपर्ने माग अघि सारेका छन् ।
विवाह लगत्तै निरन्तर घरमा हुने झै झगडा कलहकै कारण छोरी गुमाउनु परेकोे माइती पक्षको भनाइ छ । सम्झनाका बाबु भोजराज भट्ट बिहे गरेपछि घर परिवारमा पटक पटक मानसिक तनाव दिने गरेको बताए । उनका अनुसार एक दिन अघि पनि इप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान पवनलाई प्रहरीले सम्झाईबुझाई गरेको थियो । सम्झना आफ्नै घरमा झुण्डिएर मृत फेला परेपछि माइती पक्षले शरिरमा निलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेका छन । ‘बिहे भएपछि छोरीलाई पटक पटक मानसिक तनाव दुख दिने काम गर्दै आएका  थिए, ‘उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिइन्, शनिबारै घर आउन खोजेपछि क्याम्पमा सम्झनासँग एक हजार रुपैया नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झै झगडा नगर्न सम्झाई बुझाई गरेर पठाएको थियो, तर पनि छोरी बाँचिनन् ।’

सम्झनाकी बहिनी आरती भट्टले भिनाजुले आनावश्यक तनाव दिएकाले दुर्घटना घटेको बताउँदै न्यायका लागि आह्वान  गरेकी छिन् । उनले घर परिवारबाट तनाव दिएकै कारण दिदिले यस्तो निर्णय लिएकोे बताइन् । एलबिए कक्षा १२मा अध्ययनरत छोरी गुमाएपछि भट्ट  परिवार शोकमा डुबेको, सहपाठी विद्यार्थी सडकमा उत्रिएका छन । बुधबार विद्यार्थीले सम्झनालाई न्याय दे भन्दै विद्यालयदेखि बजार हुँदै प्रहरी कार्यालय अगाडि विरोध प्रर्दशन गरेका छन् । सम्झनाका साथीहरुले समेत विवाह पछि मानसिक तनाव दिने  गरेको बताएका छन् । सम्झनाका  साथी सेजल कुँवरले  लव गरेर विवाह गरेपछि श्रीमानले दुख दिने  गरेको  गुनासो गर्दै आएको बताइन् । उनले श्रीमानले यतिकै दुःख दिने  गरेको आफुसँग गुनासो पोख्दै आएको तर, कहिकतैबाट समस्याको समाधान नभएको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!