२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपालगन्जमा जगत ज्योति मा.वि.मा नयाँ चार कोठे पक्की भवनको मेयर बिष्टद्वारा उद्घाटन,

Logo
मेराज सलमानी प्रकाशित बुधबार, साउन २१, २०८२

बाँके । नेपालगन्ज उपमहानगरपालिका २० मा अवस्थित जगत ज्योति माध्यमिक विद्यालयमा नयाँ चार कोठे पक्की भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न सम्माननीय अतिथिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघ, शिक्षकगण, अभिभावक, पत्रकार तथा विद्यार्थीहरू सहभागी थिए। विद्यालयमा निर्माण सम्पन्न भएको चार कोठे भवनको उद्घाटनले सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपेको छ।

उक्त भवन शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रद्वारा विनियोजित बजेट अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएको हो। यस अवसरमा विद्यालय परिवारले नेपालगन्ज उपमहानगरपालिकाका मेयर श्री प्रसान्त विष्टज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दै भवन निर्माण कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सम्पूर्ण व्यक्तित्व र संस्थाहरूप्रति आभार प्रकट गरेको छ।
भवनको उद्घाटन समारोहमा विद्यालय पक्षले उक्त संरचना केवल चार कोठामा सीमित नभई विद्यालयको गुणस्तरीय शिक्षातर्फको एक ठुलो फड्को भएको बताएको छ। नया भवनबाट विद्यार्थीहरूलाई सुरक्षित, सफा र सुसज्जित कक्षाकोठा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ भने यसले शिक्षकहरूको शिक्षण कार्यमा पनि सहजता ल्याउने बताइएको छ।
उक्त भवनको संरक्षण, सदुपयोग तथा भावी पुस्तालाई शिक्षाको बलियो जग तयार पार्न सबै पक्ष संलग्न हुने शपथ लिएको जानकारी दिइएको छ।

विद्यालय का प्रधानाध्यापक ईश्वर पौडेल ले कार्यक्रममा सहभागी सबै अतिथि, अभिभावक, शिक्षक, पत्रकार तथा सहयोगी हातहरूलाई आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै सहकार्य र साथ रहने अपेक्षा समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!