१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपालगन्जमा जगत ज्योति मा.वि.मा नयाँ चार कोठे पक्की भवनको मेयर बिष्टद्वारा उद्घाटन,

Logo
मेराज सलमानी प्रकाशित बुधबार, साउन २१, २०८२

बाँके । नेपालगन्ज उपमहानगरपालिका २० मा अवस्थित जगत ज्योति माध्यमिक विद्यालयमा नयाँ चार कोठे पक्की भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न सम्माननीय अतिथिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघ, शिक्षकगण, अभिभावक, पत्रकार तथा विद्यार्थीहरू सहभागी थिए। विद्यालयमा निर्माण सम्पन्न भएको चार कोठे भवनको उद्घाटनले सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपेको छ।

उक्त भवन शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रद्वारा विनियोजित बजेट अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएको हो। यस अवसरमा विद्यालय परिवारले नेपालगन्ज उपमहानगरपालिकाका मेयर श्री प्रसान्त विष्टज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दै भवन निर्माण कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सम्पूर्ण व्यक्तित्व र संस्थाहरूप्रति आभार प्रकट गरेको छ।
भवनको उद्घाटन समारोहमा विद्यालय पक्षले उक्त संरचना केवल चार कोठामा सीमित नभई विद्यालयको गुणस्तरीय शिक्षातर्फको एक ठुलो फड्को भएको बताएको छ। नया भवनबाट विद्यार्थीहरूलाई सुरक्षित, सफा र सुसज्जित कक्षाकोठा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ भने यसले शिक्षकहरूको शिक्षण कार्यमा पनि सहजता ल्याउने बताइएको छ।
उक्त भवनको संरक्षण, सदुपयोग तथा भावी पुस्तालाई शिक्षाको बलियो जग तयार पार्न सबै पक्ष संलग्न हुने शपथ लिएको जानकारी दिइएको छ।

विद्यालय का प्रधानाध्यापक ईश्वर पौडेल ले कार्यक्रममा सहभागी सबै अतिथि, अभिभावक, शिक्षक, पत्रकार तथा सहयोगी हातहरूलाई आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै सहकार्य र साथ रहने अपेक्षा समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!