२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सप्तरीमा प्रहरीको गोली लागेर लालु यादवको मृत्यु पछि राजविराजमा उत्रियो नागरिकको आक्रोश,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

सप्तरी । राजगढ गाउँपालिका २ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको छ। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर स्थानीय लालु यादव घाइते भएका थिए।

उनीलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो। मृतकको उमेर करिब ३७ वर्ष रहेको बताइएको छ। घटनापछि राजविराजको जिल्ला प्रहरी कार्यालय अगाडि आक्रोशित स्थानीय र मृतकका आफन्तले टायर बालेर प्रदर्शन सुरु गरेका छन्।

प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीलाई कारबाही गर्न माग गरिरहेका छन्। हाल राजविराजमा सुरक्षा अवस्था कडा पारिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!