१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

सप्तरीमा प्रहरीको गोली लागेर लालु यादवको मृत्यु पछि राजविराजमा उत्रियो नागरिकको आक्रोश,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

सप्तरी । राजगढ गाउँपालिका २ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको छ। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर स्थानीय लालु यादव घाइते भएका थिए।

उनीलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो। मृतकको उमेर करिब ३७ वर्ष रहेको बताइएको छ। घटनापछि राजविराजको जिल्ला प्रहरी कार्यालय अगाडि आक्रोशित स्थानीय र मृतकका आफन्तले टायर बालेर प्रदर्शन सुरु गरेका छन्।

प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीलाई कारबाही गर्न माग गरिरहेका छन्। हाल राजविराजमा सुरक्षा अवस्था कडा पारिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!