२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन २२, २०८२

मेष -आज आत्मविश्वास बढ्नेछ। गुरुको दृष्टिले अध्ययन, अध्यापन वा धर्मकर्ममा मन जानेछ। यात्रामा सफलता मिल्ने संकेत छन्। तर अनावश्यक हतार नगर्नुहोस्।

वृष -भावनात्मक तनाव आउन सक्छ। खर्च बढ्ने सम्भावना छ, तर मन शान्त राखेमा पारिवारिक सुख प्राप्त हुनेछ। वित्तीय निर्णय आजका लागि टार्नु ठीक हुन्छ।

मिथुन -सहयोगीको साथ पाउनु हुनेछ। वैवाहिक जीवनमा सन्तुलन कायम हुनेछ। व्यवसायिक लाभको संकेत पनि छ। मीठा बोलले सबैलाई आकर्षित गर्न सक्नुहुन्छ।

कर्कट -कामप्रति जिम्मेवारी बढ्नेछ। व्यस्तता रहला तर परिश्रमको उचित मूल्य पाउनुहुनेछ। परिवारभित्र सानो असमझदारी आउन सक्छ, तर प्रेमपूर्वक समाधान होला।

सिंह -मन प्रफुल्ल रहनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम वा मित्रताको नयाँ सुरुवात हुन सक्छ। सन्तान पक्षबाट खुशी प्राप्त हुनेछ।

कन्या -चन्द्रमा आफ्नै राशिमा भएकाले मानसिक चञ्चलता देखिन सक्छ। भावनामा बगेर निर्णय नगर्नुहोस्। घरपरिवारमा सन्तुलन राख्नु आवश्यक छ।

तुला -गोप्य शत्रु सक्रिय हुन सक्छन्, तर आफ्नो संयम र कूटनीति प्रयोग गर्नुभयो भने सफलता निश्चित छ। आध्यात्मिक चासो बढ्न सक्छ।

वृश्चिक -सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुने दिन। साथीसँग भेटघाट हुनेछ। काममा सहयोगीहरूबाट राम्रो साथ पाउनुहुनेछ।

धनु -पेशा वा अध्ययनमा सफलता मिल्ने संकेत छ। गुरुको दृष्टिले उच्च सोच र मार्गदर्शन प्राप्त हुनेछ। मान–सम्मान बढ्नेछ।

मकर -दूरदराजको यात्रा वा अध्ययनमा सफलता मिल्ने दिन। तर मानसिक थकान हुन सक्छ। धार्मिक चासो र दान–पुण्यमा रुचि बढ्नेछ।

कुम्भ -ऋण वा पैसाको लेनदेनमा सतर्कता आवश्यक छ। पारिवारिक सम्पर्कमा सुधार आउनेछ। आजको दिन गहिरो चिन्तन र आत्म–विश्लेषणको लागि उपयोगी बन्न सक्छ।

मीन -दाम्पत्य जीवनमा सन्तुलन आवश्यक छ। भावनात्मक उतारचढाव हुन सक्छ। तर व्यापारमा फाइदा मिल्ने सम्भावना छ। सम्झौतामा हस्ताक्षर गर्दा ध्यान दिनुहोस्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!