१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रास्वपाका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २२, २०८२

रुपन्देही । कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन्।

रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।
यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको भए पनि उच्च अदालत बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।

रुपन्देहीमा लामिछानेलाई  १० करोड ९९ लाख बराबरको सामूहिक बिगो कायम गरिएको छ, जस मध्ये आफ्नो भाग बराबरको रकम जमानत राखेर थुनामुक्त हुन उनले पुनः निवेदन दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!