१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

११ जना एसएसपीको पदस्थापन गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधवार सरुवा र पदस्थापनको निर्णय गरेका हुन् ।
प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ । गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीलाई पदस्थापन गरिएको छ । कार्कीसहित ११ जना बुधवार एसएसपीमा बढुवा भएका हुन् ।  बढुवा भएका प्रवीण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, राजीव बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र दीपेन्द्र शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा पदस्थापन गरिएको छ ।

प्रकाश रानाभाटलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । ज्ञानेन्द्र फुयाँललाई कार्य विभागमा काज गरिएको छ । दीपक पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय, दयानिधि ज्ञवालीलाई कार्य विभाग र केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!