१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

देशभर मनसुनको प्रभाव कायमै ३२ जिल्लामा बाढीको जोखिम छ : पूर्वानुमान महाशाखा,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन २२, २०८२

काठमाडौं । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा बाढीको मध्यम जोखिम छ।

त्यस्तै, कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, मोरङ र उदयपुर जिल्ला जोखिम सूचीमा रहेका छन्।

बागमती प्रदेशतर्फ दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र मकवानपुरमा समेत बाढीको मध्यम जोखिम देखिएको छ।

बाढीको जोखिम रहेका जिल्लासँगै तटीय क्षेत्र तथा आसपासका खोलानदी किनारमा उच्च सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

यससँगै मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका केही भागहरूमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

हाल देशभर मनसुन सक्रिय भए पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!