१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा दाङका पत्रकार सागर सुवेदी

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन २२, २०८२

 

दाङ । पत्रकार कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय गर्दैछन्।

विगत केही वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका सुवेदीले अभिनयमा रुचि राख्दै आएका थिए। चलचित्र ‘जदौ’ मा उहाँले पत्रकारकै भूमिका निर्वाह गर्ने छन्। “पत्रकारिता मेरो पेशा हो, तर अभिनय मेरो रुचिको क्षेत्र हो,” सुवेदीले भने, “यो चलचित्रले मलाई दुवै भूमिकामा प्रस्तुत हुने मौका दिएको छ।”

अन्तरजातीय प्रेमसम्बन्धको कथामा आधारित चलचित्र ‘जदौ’ ले समाजमा भइरहेका विविध घटनालाई चित्रण गर्ने निर्माण टिमले जनाएको छ। चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु गरिने तयारी रहेको र चलचित्र दाङको सेरोफेरोमा छायांकन हुनेछ।

कलाकारको रूपमा पहिलोपटक पर्दामा देखिन लागेका सुवेदीको अभिनयले नयाँ ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!