२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

ड्युटीमा रहेका प्रहरीलाई सडकमै मन्त्री पाण्डेयले सडकमा जाँच नगर्न भन्दै थर्काउदै चिट खोसेपछि

Logo
भगवती पाण्डे प्रकाशित शुक्रबार, साउन २३, २०८२

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काउने क्रम रोकेका छैनन्।

ड्युटीमा रहेका प्रहरी कर्मचारीको हुर्मत लिन्छन् प्रदेश सांसद पाण्डेय

पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रूपन्देही क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन्। उनी मन्त्री हुनु अघिदेखि नै जाँचका नाममा प्रहरीले भारतीय पर्यटकहरू दुःख दिएको भन्दै सडकमै आएर आफूहरूलाई थर्काउने गरेको प्रहरीको गुनासो थियो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाण्डेयलाई गत साउन ११ गते प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए।

लुम्बिनी प्रदेशमा हालसम्म चार पटक मन्त्री बनिसकेका पाण्डेयले विशेषगरी भैरहवा क्षेत्रमा आउने भारतीय गाडी जाँच गरेको भन्दै सडकमा खटिने प्रहरीलाई थर्काउने र काम गर्न निरूत्साहित गर्ने गरेको साना दर्जाका प्रहरीहरूको गुनासो छ।

गत मंगलबार ट्राफिक प्रहरी सहित जिल्ला प्रहरी कार्यालय रूपन्देहीको कमान्डमा भइरहेको जाँच क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेको भन्दै मन्त्री पाण्डेयले प्रहरीलाई थर्काएको भिडिओ समेत सार्वजनिक भएको छ।

राजमार्ग विस्तारसँगै सडक दुर्घटनाका घटना बढिरहेकाले प्रहरीले राजमार्गमा सवारी साधनको जाँच बढाएको छ। सोही क्रममा हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी खण्डको वसन्तपुरमा प्रहरीको संयुक्त जाँच भइरहेको थियो। सो क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई पनि रोकेर ब्लुबुक मागे।

ती व्यक्तिले ब्लुबुक देखाउनुको साटो कुरा गर्नू भन्दै प्रहरीलाई आफूले कुरा गरिरहेको मोबाइल दिए। उताबाट बोल्ने व्यक्तिले आफू सन्तोष पाण्डेय भएको बताए। प्रहरीले आफूले नचिनेको बताए।

त्यसपछि फोन राखेका पाण्डेय पाँच मिनेटमै सो स्थानमा पुगे। आफू प्रदेशको मन्त्री भएको भन्दै ट्राफिक प्रहरीको हातबाट जरिवाना काट्ने रसिदको ठेली खोसे।

सडकमा जाँच गर्दा पर्यटन र व्यापार प्रभावित भइरहेको भन्दै यो काम बन्द गर्न प्रहरीलाई भने।

मन्त्री पाण्डेयको यो कार्य नौलो होइन। यसअघि पनि भारतीय गाडी र चालकलाई सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काएका भिडिओ सार्वजनिक भएका छन्। केही साताअघि नो पार्किङमा सवारी साधन राखेका भारतीय नागरिकलाई प्रहरीले नियम उल्लंघन गरेको भन्दै चिट काटेपछि पाण्डेय उत्तेजित भएर प्रहरीलाई थर्काएका थिए।

मन्त्रीले आफ्नो पदीय मर्यादा नाघेर सडकमा खटिने प्रहरीलाई थर्काउनु गलत भएको भन्दै उनको कार्यको आलोचना हुने गरेको छ।

प्रहरीले जाँच गरेको गुनासो लिएर मन्त्री पाण्डेय सामु पुग्नेहरू अधिकांश भारतीय गाडी र चालकहरू मात्र छन्।

गत असार ३१ गते भैरहवाको व्यस्त र मुख्य बजारको पार्किङ निषेधित क्षेत्रमा लामो समय रोकेर राखेको भारतीय नम्बरको कारलाई जरिवाना वापत् ५ सय रूपैयाँको चिट काटेको भन्दै पाण्डेय ड्युटीमा खटिएका प्रहरी कर्मचारीप्रति आक्रोशित बनेका थिए।

त्यसअघि बेलहिया नाकाबाट अटोमा आइरहेका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले डन्डामा जाँच गर्दागर्दै पुगेका पाण्डेयले भारतीय नागरिकलाई जाँच नगर्न भन्दै सशस्त्र प्रहरीलाई थर्काएका थिए।

मन्त्री पाण्डेयको कार्यशैली र व्यवहारले आफूहरू कामप्रति निरूत्साहित भएको प्रहरी कर्मचारीहरूको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले प्रहरी कर्मचारीले कुनै गल्ती, कमजोरी गरेको भए आफूहरूलाई जानकारी गराउनुको साटो सडकमा खटिएका साना तहका प्रहरी कर्मचारीलाई थर्काउनु गलत भएको बताए।

मन्त्री पाण्डेयले भने प्रहरीले जाँचको नाममा भारतीय गाडी र पर्यटकहरूबाट गलत ढंगले पैसा असुल गरिरहेकाले, निरूत्साहित गर्न आफूले पहल गरेको दाबी गरे।

‘प्रहरीले जाँचको नाममा भारतीय गाडी र पर्यटकहरूलाई अनावश्यक दुःख दिने गरेका छन्। भारतीय नागरिक देख्यो कि जरिवाना असुल गर्ने परिपाटी बन्द गर्नुपर्छ,’ उनले भने।

प्रहरीले राजस्व बढाउने नाममा नियम उल्लंघन गरेको भन्दै जरिवाना लिने मात्र नभई नियम पनि सिकाउनुपर्ने उनले बताए।

उनले भने, ‘प्रहरीको काम जरिवाना लिने मात्र हो? नियमबारे जानकारी दिनु पर्दैन?’

प्रहरीले रसिद नकाटी पनि अवैध रूपमा रकम लिने गरेको आरोप उनले लगाए।

‘मैले जाँचका नाममा भारतीय पर्यटकमाथि प्रहरीको ज्यादती भयो, यस्तो नगरौं भनेको तपाईंहरू देख्नुहुन्छ। तर प्रहरीको ज्यादती देख्नुहुन्न,’ उनले भने, ‘म मन्त्री मात्र होइन। आम सर्वसाधारण पनि हुँ। मेरो आवाज सधैंभरि सर्वसाधारण र पर्यटकको पक्षमा हुन्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!