१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट शुक्रबार बेलुकी स्वदेश फर्किंए,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन २४, २०८२

 

काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली हिजो राति स्वदेश फर्किएका हुन् ।

उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका थिए।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता समेत गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!