१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

देशभरका हिन्दू धर्मावलम्बीहरूले धार्मिक आस्था र उल्लासका साथ रक्षाबन्धन पर्व मनाउदै,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन २४, २०८२

काठमाडौं । आज साउन शुक्ल पूर्णिमाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले धार्मिक आस्था र उल्लासका साथ रक्षाबन्धन पर्व मनाइरहेका छन्। विशेष गरि दिदीबहिनी र दाजुभाइबीचको माया, विश्वास र पारिवारिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यका साथ यो पर्व प्रत्येक वर्ष मनाइन्छ।

यस दिन विहानैदेखि तीर्थस्थल, मन्दिर र नदीघाटमा स्नान, पूजा–अर्चना र रक्षा–सूत्र बाँध्नेको भीड लागेको छ। दिदीबहिनीहरूले दाजुभाइको हातमा तिनतापत्री धागो वा रङ्गीन रक्षा–सूत्र बाँधेर दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गरेका छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई उपहार र आशिर्वाद दिएका छन्।

यसै दिन जनै पूर्णिमा पनि परेकोले हिन्दू पुरुषहरूले स्नान गरेर नयाँ जनै धारण गरेका गर्दछ्न। धार्मिक विश्वास अनुसार, आजको दिन रक्षा–सूत्र बाँध्दा संकट टर्ने, आयु वृद्धि हुने र पारिवारिक एकता बलियो हुने मान्यता छ।

देशभरका बजार, मन्दिर र गाउँ–शहरमा आजको दिन चाडपर्वको रौनक छाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!