२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

देशभरका हिन्दू धर्मावलम्बीहरूले धार्मिक आस्था र उल्लासका साथ रक्षाबन्धन पर्व मनाउदै,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन २४, २०८२

काठमाडौं । आज साउन शुक्ल पूर्णिमाका अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले धार्मिक आस्था र उल्लासका साथ रक्षाबन्धन पर्व मनाइरहेका छन्। विशेष गरि दिदीबहिनी र दाजुभाइबीचको माया, विश्वास र पारिवारिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यका साथ यो पर्व प्रत्येक वर्ष मनाइन्छ।

यस दिन विहानैदेखि तीर्थस्थल, मन्दिर र नदीघाटमा स्नान, पूजा–अर्चना र रक्षा–सूत्र बाँध्नेको भीड लागेको छ। दिदीबहिनीहरूले दाजुभाइको हातमा तिनतापत्री धागो वा रङ्गीन रक्षा–सूत्र बाँधेर दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गरेका छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई उपहार र आशिर्वाद दिएका छन्।

यसै दिन जनै पूर्णिमा पनि परेकोले हिन्दू पुरुषहरूले स्नान गरेर नयाँ जनै धारण गरेका गर्दछ्न। धार्मिक विश्वास अनुसार, आजको दिन रक्षा–सूत्र बाँध्दा संकट टर्ने, आयु वृद्धि हुने र पारिवारिक एकता बलियो हुने मान्यता छ।

देशभरका बजार, मन्दिर र गाउँ–शहरमा आजको दिन चाडपर्वको रौनक छाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!