२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

गाजामा इजरायली आक्रमणमा परेर २४ जना प्यालेस्टिनीहरुको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन २४, २०८२

 

इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो ।

जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु भएको खुलासा गरेका छन्।

शहरको पश्चिममा रहेको शाती शरणार्थी शिविरको अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेदेखि यता कम्तीमा ९ हजार ७ सय ५२ प्यालेस्टिनीहरू मारिएका छन् । ४० हजार ४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि अहिलेसम्म ६१ हजार २ सय ५८ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ४५ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!