१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

गाजामा शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु ३० जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन २४, २०८२

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्।

अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित खाना वितरण केन्द्रहरूसहितका खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं गाजनहरू सहयताको लागि भेला हुने गरेको जनाइएको छ। पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गरी दैनिक आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइ रहेका छन्।

युद्ध सुरु भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धनलगायतका आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ।

शुक्रबार इजरायली सुरक्षा परिषद्ले गाजा सहर कब्जा गर्ने प्रधानमन्त्री नेतान्याहुको योजनालाई अनुमोदन गरेको थियो।

यसले विश्वभर आक्रोशको लहर निम्त्याए पछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतान्याहूले इजरायलले गाजालाई कब्जा गर्न नभई गाजालाई हमासबाट मुक्त गर्न खोजेको बताएका छन्। इजरायलले यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालबाट फिर्ता ल्याउन र प्यालेस्टिनी उग्रवादीहरूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गरी युद्धविराम सुनिश्चित गर्न बढ्दो दबाबको सामना गरिरहेको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!